नेपालद्धारा युएइसामु १ सय ५ रनको लक्ष्य प्रस्तुत

Diyo post  

काठमाडौँ, माघ २० । युएइविरुद्धको अन्तिम तथा निर्णायक खेलमा नेपालले १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मौसमको कारण ढिला शुरु भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरै १० ओभर खेलेर ८ विकेट गुमाएर १ सय ४ रन बनाएको हो ।

मौसमको कारण २० ओभरको खेललाई १० ओभरमा झारिएको हो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन बनाए । उनले १४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै सन्दीप जोराले २८ रन बनाए । उनलाई मोहम्मद नाभीदले आउट गरे
। विनोद भण्डारीले २१ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रनमात्र बनाए । त्यस्तै करण केसीले १० रनमात्र बनाए । पवन सर्राफ, सोमपाल कामी र सन्दीप लामिछानेले शुन्य रन बनाए ।

युएइबाट मोहम्मद नाभिद र सुल्तान अहमदले २ २ विकेट लिए भने अमिर हायत, जाहुर खान र मोहम्मद बुताले एक एक विकेट बनाए । एक दिवसियमा जित हाँसिल गरिसकेको नेपालले टि–ट्वान्टी जित्नको लागि आजको १० ओभरमा अल आउट गर्नुपर्ने छ ।

सम्बन्धित खबर