फेक रेस्क्युलाई ब्यूँत्याएर ‘भिजिट नेपाल २०२०’ लाई विफल बनाउन खोजिएको टानको निष्कर्श (विज्ञप्तिसहित)

Diyo post  

काठमाडौँ, माघ २१ । ट्रेकिङ एजेन्सीज् एसोसियसन अफ नेपाल (टान)ले नेपालको पर्यटन विकासमा हुन लागेको प्रगतिमा वाधा पुर्याउनको लागि विभिन्न शक्ति लागेको निष्कर्श निकालेको छ । पुराना फेक रेस्क्यु काण्डहरुलाई पुनः लेखेर केही सञ्चारमाध्यमहरुले नेपाल भ्रमण बर्ष २०२० लाई विफल पार्न खोजेको समेत आरोप लगाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै टानले यस्ता अनर्गल कुराहरु फैलिरहेको र यसले टानको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेपाल सरकारले पर्यटन खोज, उद्दार तथा अनुगमन सम्वन्धी कार्यविधि–२०७५ लाई कार्यन्वयन गर्नको लागि कार्यदल समेत गठन गरेर काम गरिरहेको अवस्थामा नेपालको पर्यटन व्यवसाय नै धराशायी पार्ने उद्देश्यले कही अन्तराष्ट्रिय संचारमाध्यमहरुले दिग्भ्रमित र कपोकल्पित कुराहरुलाई समाचारको माध्यमबाट फैल्याइएको भन्दै आक्रोश ब्यक्त गरेको छ ।

विज्ञप्ति

सम्बन्धित खबर