टेलिकमका कर्मचारीको ‘नक्कलीधन्दा’: हवाइजहाजको फर्जी बिल पेश गरेर भ्रष्टाचार गरेपछि ३ जना अख्तियारको फन्दामा

Diyo post  

काठमाडौं, २१ माघ । नेपाल टेलिकमका तीन इन्जिनियरले हवाई जहाज नै नचढी नक्कली विल बनाएर भूक्तानी गरेपछि अख्तियारले पक्राउ गरी भ्रष्टाचार मुद्दा लगाएको छ ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठ र तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंहले हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेश गरी रकम भुक्तानी गरेपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

सम्बन्धित खबर