नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत, जनही पाँच लाख दिने घोषणा

Diyo post  

काठमाडौँ, माघ २१ । युएइविरुद्धको एकदिवसिय र टी–ट्वान्टी सिरिज जितेको नेपाल स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन विमानस्थल उत्रिएको नेपाली क्रिकेट टोलीको भव्य स्वागत गरिएको छ । पारस खड्का नेतृत्वको नेपाली टोलीको स्वागतका लागि विमानस्थल परिसरमा रातो कार्पेट ओछ्याइएको थियो ।

ऐतिहासिक जित दर्ता गर्दै स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्नका लागि खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब केशव कुमार बिष्ट, उपाध्यक्ष पिताम्बर तिमल्सिनासहितले स्वागत गरे । नेपाली टोलीलाई रेड कार्पेटमा स्वागत गरिएको हो ।

स्वागतका बिच राखेप सदस्य सचिव केशवकुमार विष्टले सिरिज जितेर आउने खेलाडीहरुलाइ जनही पाँच लाख दिने समेत घोषणा गरेका छन् ।

युएइमा भएको एकदिवसिय र टि–ट्वान्टी सिरिजमा २–१ ले विजयी हुँदै किर्तिमान कायम गरेको थियो । यसबिचमा कप्तान पारस खड्काले ऐतिहासिक शतक प्रहार गरे । नेपालले अन्तिम खेलमा देखाएको शैलीलाई युएइका प्रशिक्षक तथा खेलाडीहरुले खुलेर प्रशंसा गरेका थिए ।

सम्बन्धित खबर