काठमाडौँ, माघ २१ । नेपाली कांग्रेसले सरकारविरुद्ध सडक संघर्ष शुरु गरेको छ । संसदभवन बाट बारम्बार सडक र सदन दुवै ठाउँबाट युद्द गर्ने चेतावनी दिँदै आइरहेको काँग्रेसले सरकारविरुद्धको सडक संघर्षलाई थप मजबुत बनाएको छ ।
आइतबार संसदमा बोल्दै युवा नेता गगनकुमार थापाले सरकारलाई प्रतिपक्षको अनुभुती दह्रैसँग दिलाउने चेतावनी दिएका थिए । उनले लाई दुई तिहाईको आडमा सरकारले जनताको हितविपरितका कार्यहरु गर्दै गएको तथा जनतालाई भलो हुने कुनैपनि कामहरु वर्तमान सरकारबाट नभएको बताएका थिए । प्रतिपक्षको विचारलाई ध्यान नदिई निषेधको राजनीति गर्दै नेकपा अगाडी बढेको र यसबाट देश दुर्घटनातर्फ जाने नेपाली काँग्रेसको ठम्याई छ ।
नेपाली काँग्रेसले विशेषगरि डा. गोविन्द केसीको मागलाई लिएर संसद अवरुद्ध गरिरहेको थियो । सरकारले प्रतिपक्षलाई पेलेर विधेयक पास गरेपछि नेपाली काँग्रेस उत्तेजित भएको हो ।
नेपाली काँग्रेसले सरकारको गलत कार्यको विरुद्ध जस्तोसुकै कदम पनि चल्न तयार रहेको चेतावनी दिएको छ । सोमबारको आन्दोलनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समेत उपस्थित भएका थिए । दमौलीमा भएको सरकार विरुद्धको प्रदर्शनमा नेता पौडेल उपस्थित हुँदै सम्वोधन गरेका छन् ।