विपक्षी नेता गुआइदोलाई अन्तरिम राष्ट्रपति स्वीकार्न भेनेजुएलालीहरूलाई अन्तर्राष्ट्रिय दबाब

दियो पोस्ट  

काठमाठडौं, माघ २२ । ल्याटिन अमेरिकी देशहरू र क्यानडाको एक समूहले भेनेजुएलाको सेनालाई विपक्षी नेता हुवान गुआइदोलाई अन्तरिम राष्ट्रपतिको रूपमा स्वीकार गर्न आग्रह गरेको छ।

त्यसबारे मदुरो सरकार तथा सेनाको प्रतिक्रिया आइसकेको छैन।

तर विपक्षी नेता गुआइदोले चाहिँ मदुरो सरकारले ठूलो धनराशी विदेश लैजान लागेको आरोप लगाएको छ।

भेनेजुएलाको संकट समाधानको खोजी गर्न सन् २०१७ मा १४ राष्ट्रहरू सदस्य रहेको लिमा समूह गठन भएको थियो।

पछिल्लो बैठकपछि उसले बल प्रयोग नगरिकनै भेनेजुएलाको सरकार परिवर्तन हुनु पर्ने र त्यहाँ मानवीय सहायता सहजै पुग्नु पर्ने बताएको छ।

लिमा समूहकी एक प्रतिनिधिले त्यो समूह भेनेजुएलामा शान्तिपूर्ण प्रजातान्त्रिक संक्रमण, निष्पक्ष निर्वाचन, राजनीतिक पारदर्शीता र मानव अधिकार र स्वतन्त्रताको सम्मानको पक्षमा रहेको बताएकी छिन्।

त्यो समूहले विपक्षी नेतृत्वको संसदलाई समर्थन गर्ने र राष्ट्रपति मदुरोको सरकारलाई विदेशमा वित्तीय कारोबार गर्नबाट रोक्नु पर्ने मत राखेको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले देशमा जारी राजनीतिक संकटका कारण उत्पन्न हुन सक्ने भनिएको गृहयुद्धको चेतावनीलाई विपक्षी नेता हुवान गुआइदोले खारेज गरेका छन्।

मदुरोमाथि बढ्यो दबाब
लिमा समूहले राष्ट्रपति मदुरोको सरकारलाई विदेशमा वित्तीय कारोबार गर्नबाट रोक्नु पर्ने मत राखेको छ।
गुआइदोले आफैलाई भेनेजुएलाको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। उनले अमेरिकालगायत अन्य देशहरूको समर्थन जितेका छन्।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो देश गृहयुद्धमा होमिने वा नहोमिने विषय अमेरिका र उसका मित्रशक्तिका क्रियाकलापमा निर्भर रहने बताएका छन्।

तर मदुरोको सो अभिव्यक्तिलाई गुआइदोले आफ्ना प्रतिद्वन्द्वीको आविष्कार भएको बताएका छन्।

गुआइदोलाई ल्याटिन अमेरिकी तथा अन्य युरोपेली देशहरूको बलियो समर्थन जुटेपछि सोमवार मदुरोमाथि दबाव बढेको हो।

विवादित निर्वाचनमा जित हासिल गरेपछि गत महिना राष्ट्रपतिको रुपमा दोस्रो कार्यकालका लागि निकोलस मदुरोले सपथ ग्रहण गरेका थिए।

जुन निर्वाचनमा धरै जसो विपक्षी नेताहरूले भाग लिएका थिएनन्। किनकी उनीहरूमध्ये कोही वर्खास्त गरिएका थिए त कोही जेलमा थिए।

गुआइदोको आरोप
गुआइदोले राष्ट्रपति मदुरोको आइतबारको अन्तरवार्ताबारे टिप्पणी गरेका छन्। एक स्पेनी टीभीसँगको अन्तर्वार्तामा मदुरोलाई गृहयुद्ध निम्तिएला त भन्ने प्रश्नको जवाफमा त्यसको जवाफ कसैले यकीनका साथ दिन नसक्ने बताएका थिए।

ूहरेक कुरा उत्तरी सामाज्य र उसका मित्रशक्तिको पागलपन र बलमिच्याइँमा भर पर्छ। हामी त आफ्नो देशमा बस्छौँ र चाहन्छौँ कसैले हस्तक्षेप नगरोस्। तर हामी प्रतिरक्षा गर्न पनि तयार छौँ।ू निकोलस मदुरोले भनेका थिए।

यसैबीच एक पत्रकार सम्मेलनमा विपक्षी नेता गुआइदोले मदुरो सरकारले एक अर्ब दुई करोड डलर भेनेजुएलाबाट युरुग्वे सार्न लागेको आरोप लगाएको छ।

केही दिन अघि भेनेजुएलाको केन्द्रीय ब्याङ्कको सुन आबुधाबी पुर्‍याइएका विवरण सार्वजनिक भएका थिए।

भेनेजुएलाको सुन इरान पुग्ने गरेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गर्ने गरेको छ।

सम्बन्धित खबर