प्रचण्डलाई भेट्न नेपाली क्रिकेट टोली खुमलटारमा, देशको इज्जत बढाएकोमा प्रचण्डद्धारा वधाई

Diyo post  

काठमाडौँ, माघ २२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वधाईं दिएका छन् । नेपाल र नेपालीको शीर लाई उच्च बनाउदै सम्मान र इज्जत बढाउन सफल भएको भन्दै अध्यक्ष प्रचण्डले धन्यवाद तथा वधाई ज्ञापन गरेका हुन् ।

मंगलबार प्रचण्ड निवास खुमलटारमा नेपाली राष्ट्रिय टोलीका खेलाडीहरुसँग भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले नेपालले ऐतिहासिक जित दिलाएर राष्ट्रका लागि गौरवको काम गरेको बताएका छन् ।

प्रचण्डले नेपालको ऐतिहासिक जीतले आफूलाई खुसी लागेको र देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उनको भनाई थियो।

राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने प्रचण्डले बताएका थिए।

आफ्नो तर्फबाट यो क्षेत्रको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत उनले विश्वास दिलाएका थिए।

सम्बन्धित खबर