३३ किलो सुन प्रकरणका आरोपी हरिशरण खड्का दुबईबाट पक्राउ

Diyo post  

काठमाडौँ, माघ २२ । दुवई प्रहरीले सुन तस्कर हरिशरण खड्कालाई पक्राउ गरेको छ । नेपाल प्रहरीले इन्टरपोलमा खड्काको नाममा रेड नोटिस जारि गरेपछि दुबईबाट पक्राउ गरिएको हो ।
३३ किलो सुन तथा शनम शाक्य हत्या प्रकरणका आरोपी समेत रहेका खड्काविरुद्ध केहीदिन अगाडी कानुनी कागजपत्र नेपाल एनसिविले दुबई पठाएको थियो ।

सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले खड्काको संलग्नता सहित उनलाई पनि सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा प्रतिवादी बनाएको थियो।

काभ्रेका खड्का यसअघि २० पुस २०७३ मा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुन तस्करीमा समेत प्रतिवादी बनाएका आरोपी हुन्।

सम्बन्धित खबर