ज्यान मुद्दामा विप्लव र प्रकाण्डले पाए अदालतबाट सफाई !

Diyo post  

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले ज्यान मार्ने उद्योगको मुद्दाबाट सफाई पाएका छन् ।
उनीसहित पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड लगायत १६ नेताले जिल्ला अदालत भोजपुरबाट ज्यानमार्ने उद्योग र बिष्फोटक पदार्थ सम्बन्धी मुद्धामा सफाई पाएका हुन् ।

जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिसचन्द्र इङ्नामको एकल इजलासले विप्लव, प्रवक्ता प्रकाण्ड, पदम राई लगायत १६ जनालाई सफाई दिएको हो ।

नेकपाका नेता कार्यकर्तालाई सोमबार भोजपुर जिल्ला अदालतले सफाई दिएको हो ।

गत वर्ष सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका क्रममा नेकपाका कार्यकर्ताले प्रदेश एकका हालका मुख्य मन्त्री शेर धनराईलाई विष्फोटक पदार्थले प्रहार गरेका थिए । उनीहरुको प्रहारबाट राईको गाडीमा विष्फोट भएको थियो ।


उक्त मुद्दामा पक्राउ परेका कार्यकर्ताले पार्टी महासचिव विप्लव, प्रकाण्ड धर्मेन्द्र वास्तोला, पदम राई लगायत २० जना नेताको नाम पोलेको भन्दै मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा पक्राउ परेका २ जनालाई भने जनही ४० हजार धरौटीमा छाडिएको छ ।

सम्बन्धित खबर