काठमाडौँ,माघ २४ । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका सहायक रजिष्ट्रार गीता कुमारी पन्थी विरुद्ध विशेष अदालत काठमाडौं भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
पन्थीले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस वापतको रकम लिएको अभियागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । बोर्डिङ स्कुलको अहिलेसम्म तिर्न बाँकी राजश्व रकम कम गरिदिने बहानामा पन्थीले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको खुल्न अएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।