काठमाडौँ, माघ २३ । सर्वोच्च अदालतले दूूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल खरिदविक्रि वापतको लाभकर सोही कम्पनी मार्फत असुल गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको पूर्ण इजलाशले एनसेल खरिदबिक्रीको लाभकर तत्कालीन एनसेल प्रालि र खरिदकर्ता मलेसियन कम्पनी एक्जियटाबाट असुल गर्नुपर्ने फैसला सुनाएको हो ।
तत्कालीन एनसेल प्रालिको सेयरहोल्डरमध्येको एक रिनोल्ड्स होल्डिङ्स लिमिटेड, एनसेल प्रालि, पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहित ५ जना र अधिवक्ता भवेश गौतमसमेत २ जनाले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले यस्तो फैसला गरेको हो ।
एनसेल कर विवाद प्रकरणका ४ वटै रिट निवेदन खारेज गर्ने फैसला पनि सर्वोच्चले गरेको छ । बहसमा एनसेलका तर्फबाट बहस गरेका वकिलले टेलियासोनेराले नै लाभकर तिर्नुपर्ने बताएका थिए । तर सर्वोच्चको पुर्ण इजलासले भने लाभकरको विषयमा एनसेल नै जिम्मेवार भएको भन्दै एनसेलले नै तिर्नुपर्ने परमादेश जारी गरेको हो ।