माघ २५ । युगाण्डाको प्रहरीले राजधानी कम्पालामा बीबीसीका पत्रकारहरूको एउटा टोलीलाई हिरासतमा राखेको छ।
ती पत्रकार सरकारी औषधिका अवैध खरीदबारे अनुसन्धान गर्दै थिए। तिनलाई बुधवार राति पक्राउ गरिएको हो।
युगाण्डाको सरकारी प्रवक्ताले तिनको तत्काल रिहाइका लागि माग गरेको रोयटर्स समाचार संस्थाले जनाएको छ।
‘उनीहरूलाई पक्राउ गर्नुका पछाडि प्रहरीको तर्क मैले बुझ्न सकेको छैन। मलाई लाग्छ ती पत्रकारले त सरकारलाई यी प्रणालीमा रहेका खराबी पत्ता लगाउन सघाउ नै पुर्याइ रहेका थिए,’ सरकारी प्रवक्ता अफवोनो अपोण्डोले रोयटर्सलाई बताए।