आज पनि देशभर वर्षा र हिमपात, भोलीदेखि मौशम सुधार हुने

दियो पोस्ट  

काठमाडौं, माघ २५ । पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण आज पनि देशभरको मौसम बदली भएको छ । आज पनिप देशभर वर्षा भैरहेको र भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको यो मौसमी प्रणालीको प्रभाव बिहिबार रातिदेखि पूर्वतर्फ बढ्दै गएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

शनिबारसम्म पश्चिमबाट मौसममा केही सुधार देखिने उनले बताए । उनका अनुसार पूर्वतिर भने शनिबार पनि अहिलेकै अवस्थाको बदली रहने छ । आइतबार भने तुलनात्मकरुपमा मौसममा केही सुधार आउनेछ ।

काठमाडौँ आसपासका क्षेत्रमा दिउँसो आकाश केहीबेर खुले पनि पुनःबदली भई वर्षा हुने मौसमविद् कँडेलले भनिन् ।
शनिबारसम्म मुलुकभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपातको सम्भावना देखिएको छ ।

विभागले मौसमको तीन दिनको पूर्वानुमान गर्दै सूचना सार्वजनिक गरेको हो ।

सम्बन्धित खबर