पश्चिम साइबेरियामा बस दुर्घटना, छ जनाको मृत्यु

Diyo post  

मस्को,माघ २५ । रुसको पश्चिम साइबेरियामा कोइला खानीका मजदूर बोकेको बस पल्टिएर भएको दुर्घटनामा छ जना मजदूर मारिएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा १६ जना घाइते भएका र तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

भिरालो चट्टानी मार्गमा दौडिरहेको बस एकाएक खोँचमा झरेको बताइएको छ । (रासस/सिन्ह्वा)

सम्बन्धित खबर