ट्रम्पकी वरिष्ठ सल्लाहकारमाथि किन गरीयो ‘हातपात’ ?

Diyo post  

विविसी
ट्रम्पकी निकट सहयोगी तथा ह्वाइट हाउसकी सल्लाहकार केल्यान कन्वेले उनलाई आफ्नो छोरीकै सामुन्ने एक महिलाले दुर्व्यवहार गरेको बताएकी छन्।

अमेरिकी सञ्चारमाध्यमहरूलाई उनले बताए अनुसार उक्त घटना वाशिंगटन डिसीको बाहिरी भागमा रहेको एक रेस्टुराँमा गत अक्टोबरमा भएको थियो।

कन्वेले भनिन् ती महिलाले उनलाई पछाडिबाट समातेर झक्झक्याउँदै ुबेस्सरी चिच्च्याएकी थिइन्।ु

६३ वर्षीय मेरी एलिजाबेथ इनाबिनेटले भने त्यस्तो ुहमलाु गरेको अस्वीकार गेकी छन्। मार्च महिनामा उनी त्यससम्बन्धी मुद्दामा अदालतमा उपस्थित हुँदैछिन्।क्रोध र आतंकको प्रदर्शन
सीएनएनसँग कुरा गर्दै कन्वेले भनिन्, ूती महिला नियन्त्रणभन्दा बाहिर थिइन्। उनले गरेको व्यवहार म वर्णन गर्न पनि सक्दिन। उनको पूरै अनुहारमा मैले क्रोध र आतंक देखेँ।ू

त्यसपछि आफूले आपतकालीन सेवा प्रदायकहरूलाई फोन गरेको तर प्रहरी आइपुगुञ्जेल ती महिला बेथेस्दामा रहेको सो मेक्सिकन रेस्टुराँबाट हिँडिसकेको कन्वेले बताइन्।

आफ्नी किशोरी छोरीले उक्त घटनाको केही अंश मोबाइलमा रेकर्ड समेत गरेको कन्वेले बताइन्।

तर इनाबिनेटकी वकिलले एक विज्ञप्ति जारी गर्दै उनले कन्वेलाई हमला नगरेको बरु संविधान प्रदत्त अभिव्यक्तिको स्वतन्त्रता उपभोग गरेको जनाएका छन्।

अदालतमा उनले आफू निर्दोष भएको जिकिर गर्ते ती वकिलले बताए।

यो पहिलो घटना होइन
ट्रम्पका अधिकारीहरूमाथि पहिले पनि त्यस्तै घटना भएका थिए।

जुन १९ मा होमल्याण्ड सेक्युरिटी मन्त्रीलाई एक रेस्टुराँमा नै केही अभियानकर्मीहरूले हातपात गरे।

त्यतिखेर मेक्सिकोसँगको सिमानामा आप्रवासीका केही बालबालिकालाई अभिभावकसँग छुट्ट्याइदिएको घटना उल्लेख गर्दै अभियानकर्मीहरूले उनलाई ुती बालबालिकाको रोदन सुन्न सक्छौु भन्दै कराएका थिए।

केही दिनपश्चात् ह्वाइट हाउसकी प्रेस अधिकारी स्यारा स्याण्डर्सलाई आप्रवासीकै विषयलाई लिएर एक रेस्टुराँबाट बाहिर जान केही मानिसले भनेका थिए।

सम्बन्धित खबर