पाँचथर,माघ २६, पाँचथरको फाल्गुनन्द गाउपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङ एक समारोहमा मन्तव्य राख्ने क्रममा बेहोस भएका छन् ।
शनिबार दिउसो २ वजेको समयमा पालिकाको ५ नम्बर वडाले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित भई मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएर कार्यक्रम स्थलमै ढल्नुभएको र उहाँको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको पालिकाका योजना शाखा प्रमुख राजेन्द्र भटराइले बताए । नेम्बाङको मुटुको धड्कनसमेत शुन्य रहेको भटराइले बताए ।
बेहोस भएर ढलेपछि लगतै स्थानिय स्वास्थ्य चौकिमा लगिएको र त्यहा उपचार सम्भव नभएपछि त्यहाँबाट रेफर गरिएको छ । उपचारको लागि अध्यक्ष नेम्बाङलाई इलाम लगिएको र इलाम पुगि नसकेकोले खास के भएको हो इलाम पुगेपछि मात्र थाहा हुने वताइएको छ । अध्यक्ष नेम्बाङ प्रेसरको विरामि रहेको वताइएको छ ।