अपडेट :मन्तव्य राख्दै गर्दा बेहोस भएका गाउँपालिकाका अध्यक्षको निधन

दियोपोस्ट संवाददाता

पाचँथर, माघ २६ । एक कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ ।

आज दिउँसो २ बजे गाउँपालिकाको ५ नम्बर वडाले गरेको कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएका थिए ।

७७ वर्षका गाउँपालिकाका अध्यक्ष नेम्वाङको ईलाम अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा निधन भएको हो । उनलाई उच्च रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस