आबुधाबीमा अलपत्र १ सय ५० नेपाली कामदार नेपाल फिर्ता

आबुधाबीमा अलपत्र १ सय ५० नेपाली कामदार नेपाल फिर्ता

काठमाडौं, माघ २८ । यूएईको आबुधाबीमा अलपत्र परेका १ सय ५० जना नेपाली कामदारले नेपाल फर्कने प्रक्रिया सुरु गरेका छन् । चि मध्ये २८ जना नेपाल फर्किएका छन । नेपालीसहित साढे ७ सय कामदारको उद्दार गरेर सम्बन्धित मुलुक फर्काउने प्रक्रिया सुरु भएको स्रोतले बताएको छ । यूएई सरकारले चासो देखाएपछि कम्पनीको नयाँ व्यवस्थापनले गएको बिहीवारबाट कामदारलाई क्षतिपुर्ती सहित सम्बन्धित देश फर्काएको हो ।

शनिबार बिहान ७ जनालाई नेपाल फर्काएको हो । शनिबार बिहान नेपाल फर्किएका मध्ये राजाराम अर्याल,सुरज श्रेष्ठ, हरि प्रसाद बजगाइ,सन्तोष गिरी,चिरन्जिबी अछामी, इन्सान थापा,मुकेश नेपाली छन् । ७ जनालाई शनिबार साझ नेपाल फर्किएका छन् ।

उद्दार गरिएका सबैलाई आबुधाबीबाट भारत ट्राण्जिट हुँदै नेपाल फर्काईएको हो । अब ९० जना नेपालीलाई केही दिनमै नेपाल फर्काउन लागेको पीडितहरुले बताएका छन । फर्किने सबैले आफुले पाउनुपर्ने रकमको ५० प्रतिशत हिसाब बुझेर फर्किएको बताउनु भयो । युएईले चासो देखाएर पाउनु पर्ने पुरै रकमका लागि अदालतमा मुद्दा दाँयर गर्न मोबाइल कोट स्थापना गरेर काम गरिरहेको थियो । तर त्यस मार्फत कोही पनि नेपालीले मुद्दा दर्ता गरेनन ।

दिएको विकल्प मध्ये सबै ५० प्रतिशत रकम बुझेर सबै नेपाली फर्किने तयारीमा हुनुहुन्छ । काम गरेको महिनाको तलब नदिई कम्पनीका सञ्चालक जोर्डन तथा कतारका नागरिक यूएई छोडेर भागेपछि नेपालीसहित साढे ७ सय कामदार अलपत्र परेका थिए ।

अल वासिता एमिरेट्स क्याटरिङ्ग कम्पनीको मुसाफा ४० नम्बरमा अलपत्र कामदारको विषयमा यूएईको श्रम तथा स्थानीय प्रशाशनले चासो देखाएर विकल्पसहित आफू कामदारको अधिकारको पक्षमा रहेको बताएको थियो ।

कामदार अलपत्र परेपछि यहाँको सरकारले श्रम तथा मानव संसाधन मन्त्रालयका सचिवको नेतृत्वमा अध्ययन तथा छानविन टोली बनाएर कम्पनीमा अलपत्र परेका कामदारलाई खाना, बस्न सहित उनीहरुको स्वास्थ्यको समेत जिम्मा लिएको थियो ।

Facebook Comments

Trending News