दिल्लीको होटलमा आगलागी हुँदा १७ को मृत्यु

दियो पोस्ट  

भारतको दिल्लीस्थित एउटा होटलमा मङ्गलवार बिहान आगलागी हुँदा १७ जनाको ज्यान गएको भारतीय प्रहरीले जनाएको छ।

पाँचतले अर्पित प्यालेस होटलको सबैभन्दा माथिल्लो भाग पूरै जलेको बताइएको छ। आगलागी विहानको चार बजेतिर शुरू भएको थियो।

एउटा भिडिओमा सिसाको झ्याल फोडेर मानिसहरू हाम फालिरहेको देखिन्छ।

समाचारहरूमा जनाइए अनुसार धेरैको मृत्यु निसासिएर भएको थियो।

कारण

“काठले बारिएर बनाइएको होटलको गल्लीका कारण पनि त्यहाँ रहेकाहरू भाग्ने बाटो पाएनन्,” एकजना अग्निनियन्त्रक विपिन केन्ताले हिन्दुस्तान टाइम्सलाई बताए।

भवनबाट खसेर ज्यान गुमाउनेमा दुई महिला र एक बालक समेत छन्। अग्निनियन्त्रकहरूले ३५ जनाको उद्धार गरेका छन्।

छतमा भान्छा र रेष्टुराँको अस्थायी संरचना जोड्ने हो भने होटल ६ तलाको छ। तर अर्पित होटलसँग समेत चार तलाको लागि मात्र अनुमति थियो।

आगलागीको कारण अझै खुल्न सकेको छैन। आगो अहिले नियन्त्रणमा आइसकेको छ र अधिकारीहरूले त्यसको कारणबारे अनुसन्धान शुरू गरेका छन्।

उक्त होटल दिल्लीको केन्द्रभागबाट पश्चिमतर्फ रहेको करोल बाग भन्ने स्थानमा छ। त्यस क्षेत्र कम पैसा खर्च गर्ने र किनमेल गर्ने पर्यटकहरूका लागि लोकप्रिय छ।

दिल्लीको होटलमा आगजनी

भारतमा आगलागीका घटना दुर्लभ भने होइनन्। घर निर्माणकर्ताहरूले सुरक्षाका मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइन्छ।

नयाँ र पुराना घरमा आपत्‌कालीन बहिर्गमन द्वारहरू समेत पाइँदैनन्।

पछिल्ला महिनामा दिल्लीका प्रमुख स्थानमा रहेका पसल र रेष्टुराँ तिनै सुरक्षा मापदण्ड पूरा नगरेकै कारण बन्द गराइएका थिए।

व्यावसायिक भवनहरू समेत अनुमति विनै तला थप्ने गरेको पाइएका छन्।