विशेष अदालतले गोपाल खड्कासँग माग्यो साढे २ करोड धरौटी

दियो पोस्ट  

काठमाडौँ, माघ २९ । भ्रष्टाचारको मुद्धामा नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्कासँग साढे २ करोड धरौटी रकम माग गरिएको छ । मंगलबार विशेष अदालतले खड्कासंग धरौटीस्वरुप उक्त रकम दावि गरेको हो ।

निगममा रहँदा खड्काले १८ करोड भन्दा बढी रकम भ्रष्टाचार ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । साढे २ करोड धरौटी माग भएपछि खड्काले नेपाल इन्भेष्टमेन्ट बैँकलाई जमानत राखेर तारिखमा बस्ने तयारी गरिरहेका स्रोतले बताएको छ ।

अख्तियारले सार्वजनिक गरेको विवरणमा खड्काले निगमको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेदेखि कुल आठ करोड ६४ लाख आय भएको देखिएको छ । उनको खर्च तथा लगानीमा भने २७ करोड ३० लाख रुपैयाँ देखिएपछि उनले १८ करोड ६६ लाख रुपैयाँ अवैध तरिकाले कमाएको निष्कर्ष निकालेको थियो ।

सिफारिस