एनसेलले तिनुपर्ने ८५ अर्ब, उपेन्द्र महतो, निरज गोविन्द श्रेष्ठ र राजेन्द्र खेतानको फाइल खुल्ला !

दियोपोस्ट संवाददाता

काठमाडौं, २६ माघ । नीजि क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनि एनसेल खरिद विक्रीको लाभकर असुल्न सर्वोच्च अदालतले आदेश दिएसँगै पुराना फाइलहरु बारे समेत पश्न उठ्न थालेको छ ।


ठूला करदाता कार्यालय स्रोतका अनुसार एनसेललाई होल्ड गर्ने एक्जिएटाले ८५ अर्ब रुपैयाँ तिर्नुपर्ने भएको छ । यद्धपी ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ प्रतिक्षा गरिरहेको छ ।


एनसेल खरिद विक्रीको निकै लामो इतिहास छ । यसमा जोडिएको कर छली प्रकरणलाई भने गुपचुप राखिएको छ ।


पूर्व कामु महालेखा परिक्षक सुकदेव खत्रीका अनुसार २०६० सालदेखि नै एनसेल विभिन्न समुहले किनबेच गर्दै आएका थिए ।


८ पटक शेयर बेच्दा समेत एनसेलले कर छली गरेको थियो । ७२ सालसम्म आउँदा ११ पटक शेयर विक्री भएको थियो । त्यतिबेला एनसेलको चुक्तापुँजी १० करोड मात्रै थियो । तर एक वर्षमा खरबौँको कारोबार गर्दथ्यो । त्यतिबेला नै एनसेलले अरर्बौंको कर छली गरेको थियो ।


गैरआवासिय नेपाली संघका पूर्व अध्यक्ष तथा रसियन व्यापारी उपेन्द्र महतोले झन्डै २ अर्ब १८ करोड राजश्व डेढ वर्ष अघि नै छली गरेको पाइएको छ ।


उनको स्वामित्वमा रहेको डेल्टा ट्रेडिङ र सिनर्जी नेपालको ४० प्रतिशत शेयर रहेको थियो । महतोको स्वामित्वमा रहेको साइप्रसमा रहेको डेल्टा ट्रेडिङको २० प्रतिशत र नेपालमा रहेको सिनर्जी नेपालको २० प्रतिशत शेयर रहेको थियो ।


सिनर्जी नेपालको २० प्रतिशत शेयर सन् २०१२ अप्रीलमा रसियन व्यापारी निरज गोविन्द श्रेष्ठको नाममा सारिएको थियो । निरज गोविन्दले त्यतिबेला समेत कर छली गरेको पाइएको छ । स्रोतका अनुसार श्रेष्ठले नेपाल सरकारलाई १३ अर्ब भन्दा धेरै राजश्व छली गरेका थिए । उनको फाइल समेत यतिबेला चर्चाको विषय बनेको छ ।


तत्कालिन मेरो मोबाइल राजेन्द्र खेताले राज बहादुर सिंहलाई बेचेका थिए । खेतानले समेत सरकारलाई १२ करोड भन्दा धेरै राजश्व छली गरेको ठूला करदाता कार्यालय स्रोतको दाबी छ ।

सम्बन्धित खबर

सिफारिस