
काठमाडौँ,फागुन १ । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा समस्या निम्त्याउने प्रयास भइरहेको बताएका छन् ।
‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, नेकपाभित्र समस्या निम्त्याउने कोशिस थामिनसक्नु छ ।’
‘बालाई आमा बोक्सी हो भन्ने र आमालाई बाले रक्सी खान्छन्, मुख सुघ्नुस्’ भनेर झगडा गराए जस्तो नेकपामा फाटो ल्याउने प्रयास भइरहेको भन्दै उनले भने, ‘प्रयास नगरे हुन्छ, न आमा मुख सुघ्न जान्छिन्, न बाले आमालाई बोक्सी भन्छिन् ।’
प्रम ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध विगार्न प्रयास भइरहेको समेत दाबी गरे तर, त्यो सफल हुन नदिने उनको दाबी छ र सरकार स्पष्ट विदेश नीतिका साथ खुलस्त पारदर्शी ढंगले अन्तर्राष्ट्रिय मञ्चमा उत्रिएको उनले बताए ।