इतिहासमा कहिल्यै नभएको काम भएको छ : प्रम आली

दियोपोस्ट संवाददाता

काठमाण्डौँ,फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बौद्धिक वर्गसँग हैरान भएको बताएका छन् ।

‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सुखी नेपाली र समृद्ध नेपालीको सपना देख्दा आधार के भनेर प्रश्न गरिएको भन्दै यस्तो बताए ।

‘यो बौद्धिक उचाइसँग पनि हैरान भइयो,’ उनले भने, ‘तीनतासेले तास फिटेको भन्दा कुरा फिटेको देख्दा अचम्म लाग्छ ।’ प्रधानमन्त्री ओलीले हरेकले समृद्धि र सुखी हुन चाहने र त्यसैका लागि दिनरात मेहनत गर्ने बताए।

‘हरेकले समृद्धि चाहन्छ, हरेक सुखी हुन खोज्छ । सुख प्राप्ति मानिसको अन्तिम उद्धेश्य हो ।’ उनले भने, हरेक व्यक्तिको प्रयास र संघर्ष सुख प्राप्तिकै लागि हुने गर्छ, अहिले सरकारले पनि त्यसैगरी संघर्ष गरिरहेको छ, मेहनत गरिरहेको छ ।’

नेपालको इतिहासमा कहिल्यै सुनेको थियो यति तीव्रताका साथ योजनाहरु अघि बढाएको भन्दै उनले प्रश्नसमेत गरे ।

सम्बन्धित खबर

सिफारिस