
काठमाडौँ, फागुन २ । कञ्चनपुरको पुनर्वास क्षेत्रबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यलय कैलाली र कञ्चनपुरको टोलीसंगै प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो तथा अपराध महाशाखाको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको हो ।
स्रोतका अनुसार टुक्राटुक्रा भएका १ सय ८ टुक्रा सुन प्रहरीले बरामद गरेको थियो । सो सुनको तौल नाप्दा १८ किलो भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार पुनर्वासस्थित दशरथ बस्तीस्थित एक ब्यक्तिको घरबाट सो परिमाणको सुन बरामद गरिएको हो ।
सुन बरामद गरेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । दुवैजनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय कैलाली लगिँदै गरेको प्रहरीले जनाएको छ ।