२५ हजार घुससहित भक्तपुर जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत पक्राउ

दियो पोस्ट  

काठमाडौँ, फागुन २ । जिल्ला प्रशासन कार्यलय भक्तपुरका प्रशासकिय अधिकृत सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले अधिकृत कैलाश मातक्ष श्रेष्ठलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।

श्रेष्ठले लेनदेनसम्वन्धी मुद्धा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय टंगालबाट टोली खटिएको थियो ।

श्रेष्ठलाई अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा भक्तपुर दरवार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट पक्राउ गरेको हो ।