दाङ फागुन २ । दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नं। ६ गंगदी निवासी २२ बर्षिय दिलमायाँ बुढाले अनौंठो बच्चाको जन्म दिनुभएको छ । ७ महिनामा जन्मिएको बच्चाको मलदवार नभएको, हात खुट्टा साना भएको स्वास्थ्य चौकीका डाक्टर गोविन्द अधिकारीले बताए ।
बच्चाको जन्म भएको केहीबेरमै मृत्यु भएको छ । गर्वमा रहदा बच्चाको राम्रो संग बृद्धि विकास नहुदै बच्चाको जन्महुदा यस्तो समस्या देखिने चिकित्सकले बताएका छन् । बच्चा जन्मजात कुरुपता रहेको जनाईको छ । बच्चाको तौल एक किलो ५ सय ग्राम थियो ।