
काठमाडौँ,फागुन २ । बिहीबार कञ्चनपुरमा भेटिएको १८ किलो सुन तस्करीमा प्रहरीकै संलग्नता रहेको खुलासा भएकाे छ ।
भारतमा चालक रहेका दाजु लक्ष्मण तिरुवासँग सेटिङ मिलाएर जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सिपाही भाइ सुरज तिरुवाले सुन तस्करी गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डीआईजी निरज शाहीले बताए ।
लक्ष्मणले भारतीय ब्यापारीसँग सुन गाडीमा ल्याएर सिपाही भाइ सुरजलाई दिएको र सुरजले ससुरालीमा लगेर गाडेको रहस्य खुलेको हो। यसरी सुरजले सुन ससुरालीमा गाडेको थाहा पाएपछि प्रहरीले बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका-२ स्थित सुन्दरबस्तीमा रहेको भरत विकको घरबाट १८ केजी सुन बरामद गरेको हो। प्रहरीले तिरुवा दाजुभाइलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको डीआईजी शाहीले बताए ।