महाअभियोग लाग्ने डरले अख्तियारका आयुक्त पाठकले दिए राजिनामा

दियोपोस्ट संवाददाता

काठमाडौं, फागुन ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजिनामा दिएका छन् । राष्ट्रपति कार्यलय शितलनिवासमा राष्ट्रपति विद्यादेवि भण्डारीलाई पाठकले राजिनामापत्र बुझाएका राष्ट्रपति कार्यलयका प्रवक्ता छविन्द्र पराजुलीले दियोपोष्टलाई बताए ।

नेपाल ईन्जिनियरिङ कलेजको विवाद मिलाईदिने भन्दै घुस बापतको रकम लिएको समाचार सार्वजनिक भएसँगै आयुक्त पाठक विरुद्ध सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुक्रबार नै महाअभियोग लगाउने तयारी गरेको थियो ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा महाअभियोग दर्ता गर्ने तयारी भएसँगै पाठकले त्यसअघि नै पदबाट राजिनामा दिएका हुन् ।

तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला अध्यक्ष रहेको संवैधानिक परिषदले २०७१ सालको फागुनमा पाठकलाई आयुक्तमा नियुक्त गरेको थियो । अख्तियारमै परेको उजुरी मिलाईदिने भन्दै पाठकले फरक फरक व्यक्तिबाट ७८ लाख रुपैयाँ लिएको समाचार बाहिर आएको छ

सम्बन्धित खबर

सिफारिस