कञ्चनपुरमा बरामद गरिएको सुन राजश्वमा बुझाइयो

दियो पोस्ट  

बाँके, फागुन ३ । कञ्चनपुरमा प्रहरीले बिहिवार बरामद गरेको करिब २४ किलोग्राम सुन थप अनुसन्धानका लागि कोहलपुरस्थित राजश्व अनुसन्धान कार्यालयमा ल्याइएको छ । दुईवटा पोकामा रहेको करिब २४ किलोग्राम सुन प्रहरीले बुझाएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख विनोद दाहालले बताए ।

प्रहरीले बुझाएको सुनमा एउटा पोकामा १ सय ८ र अर्को पोकामा ३४ सिक्का रहेको बताइएको छ । राजश्व अनुसन्धानले प्रहरीले बुझाएको सुन आवश्यक कारवाहीका लागि छिटो भन्दा छिटो राजश्व अनुसन्धान विभागमा पठाउने जनाएको छ ।
प्रहरीले बिहिवार पहिलो पटक भारतको सीमाक्षेत्र पुनर्वासबाट १८ किलो सुन बरामद गरेको थियो भने बिहिवार नै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ बाट ५ किलो ६०० ग्राम सुन नियन्त्रणमा लिएको थियो ।

सिफारिस