
भारत फागुन ५ । मानवीय सहायता सामग्री वितरणलाई लिएर भेनेजुएलामा विवाद चर्किएको छ।
ठूलो परिमाणमा त्यस्ता सामग्री बोकेका अमेरिकी सैनिक विमान सिमानामा रहेको कोलम्बियाली नगरमा ओर्लिएका छन्।
विपक्षी नेता ह्वान ग्वाइदोले अर्को शनिवारदेखि ती सामग्री देशभर वितरण गर्न ६ लाख स्वयंसेवक खटाउने घोषणा गरेका छन्।
तर राष्ट्रपति मदुरो चाहिँ यी सामग्री वितरण बहाना मात्र भएको र यो केवल अमेरिका र कोलम्बियाको युद्ध योजनाको एउटा पाटो रहेको ठान्छन्।
अमेरिकाले सैन्य अतिक्रमण गर्न लागेको उनी बताउँछन्।
शुक्रवार उनले अमेरिकी ‘युद्ध योजना’ तिर औँल्याउँदै सेनालाई उच्च सतर्कतामा रहन आह्वान गरे।
अमेरिकाले भने हाल उसले त्यहाँ मानवीय संकट रहेकोले राहत सामग्री पठाउनु परेको बताएको छ।
तर केही समयअघि राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाबारे अमेरिका सामु सैनिक विकल्प सहित थुप्रै विकल्पहरू रहेको बताएका थिए। बीबीसीबाट