कञ्चनपुरको बेलौरी नगरपालिकाका सब–इन्जिनियर ६० हजार घुससहित रंगेहात पक्राउ

दियो पोस्ट  

महेन्द्रनगर,फागुन ५ । कञ्चनपुरको बेलौरी नगरपालिकाका सब–इन्जिनियर हृदयराज बजगाँई घुसरकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय कञ्चनपुरले सब इन्जिनियर बजगाँइलाई ६० हजार घुससहित पक्राउ गरेको हो ।

उनी कार्यलयमै सेवाग्राहीबाट घुस रकम लिदैँगर्दा अख्तियारको फन्दामा परेका हुन् । उनले निर्माण सम्पन्न भइसकेको कल्भर्टको फरफारक पारिदिए वापत सेवाग्राही सँग घुस माग गरेको अख्तियारले जनाएको छ ।

निर्माण सम्पन्न भएतापनि विल फरफारकको काम नसकिएको र त्यसैका लागि सवइन्जिनियरले ६० हजार घुस मागेपछि सेवाग्राहीले अख्तियारसंग गुहार मागेका थिए । उनलाई आइतबार कञ्चनपुृर नगरपालिकाको कार्यलयबाटै पक्राउ गरिएको आयोगले जनाएको छ ।

पक्राउ परेका सब– इन्जिनियरको बारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि अख्तियारको केन्द्रिय कार्यलय पठाइने पनि जनाइएको छ ।

सिफारिस