काठमाडौँ, फागुन ५ । राजधानीको बबरमहलस्थित नेपाल टेलिकमको टावरमा काम गर्दागर्दै लडेर एक कर्मचारीको मृत्यु भएको छ । आइतबार टेलिकम भवनको टावरमा काम गर्ने क्रममा चिप्लिएर वसन्तलाल राठौरको मृत्यु भएको हो ।
उनि टावर जडानको तालिम लिने क्रममा टावर चढेका थिए । ३३ वर्षिय राठौर भारतीय नागरिक भएको खुलेको छ । प्रतक्ष्यदर्शीका अनुसार उनि काम गर्दागर्दैै चिप्लिएर लडेका हुन्े ।
उनि आउटसोर्सिङ कर्मचारी रहेको समेत बताइएको छ । घटनास्थल पुगेको प्रहरीले घटनाको अनुसन्धान गरिररहेको बताइएको छ ।