दलित भनेर बुहारीलाई घर निकाला गर्ने सासु र ससुरा पक्राउ

दियो पोस्ट  

काठमाडौँ,फागुन ५ । सल्यानमा दलित भनेर बुहारीलाई घर निकाला गर्ने सासु र ससुरा पक्राउ परेका छन् ।

कुमाख गाउँपालिका ६ च्याउखोलाकी २० वर्षीया एलिसा विकलाई तल्लो जातकी भनि घर निकाला गरिएको अभियोगमा ससुरा ४५ वर्षीय युद्दवीर रावत र सासु ४२ वर्षीया पीमकली रावतलाइ प्रहरीले पक्राउ गरेको हो ।

पीडितका पति २२ वर्षीय टिकाराम रावत भने घटना पछि फरार रहेको प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले बताए । ०७३ सालमा रावत संग अन्तरजातीय प्रेम विहे गरेको बताउँदै पीडित विकले विवाह भएको केही समय पछि परिवार र श्रीमानले समेत हेला गर्न थालेको र माघ २९ गते कुटपीट गरि घरनिकाला गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएका थिए ।

पीडित एलिसाले आज जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दा दर्ता गराएकी र मुद्दा दर्ताको काम सक्याएर जाजरकोट माइतीको घर गएकी प्रहरीले जनाएको छ ।

सिफारिस