सुदुरपश्चिम प्रदेश प्रमुख प्रहरी अस्पतालमा, आइसियुमा राखेर उपचार हुँदै

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ६ । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ललाई काठमाडौँ ल्याइएको छ । धनगढीको निसर्ग अस्पतालमा उपचाररत मल्ललाई आइतबार काठमाडौँ रिफर गरिएको हो ।

मल्ललाइ अत्याधिक ज्वरो आएको तथा फोक्सो र रगतमा इन्फेक्सन देखिएको निसर्ग अस्पतालले बताएको थियो । सो अस्पतालमा उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । शरीर कमजोर हुँदा प्रतिरक्षा प्रणाली पनि कमजोर भएपछि उनलाई निमोनियाले समेत समातेको अस्पताल प्रशासनले जनाएको छ । निमोनियाले भेटेपछि प्रमुख मल्ललाई काठमाडौँ रिफर गर्नुपरेको उनको उपचारमा खटिएका डाक्टरहरुले बताएका छन् ।

प्रदेश प्रमुख मल्ललाई आइतबार विहान नेपाली सेनको नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ । काठमाडौँको नेपाल प्रहरी अस्पताल महाराजगंजमा उनको उपचार भइरहेको बताइएको छ । प्रहरी अस्पतालमा पनि आइसियूमा राखेर उनको उपचार भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस