प्रशासन सेवातर्फका २ हजार ८ सय ९० अधिकृतको समायोजन (नामावलीसहित)

दियो पोस्ट  

काठमाडौँ, फागुन ६ । सरकारले प्रशासन सेवातर्फका २ हजार ८ सय ९० अधिकृतको समायोजन गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरिएको अधिकृतकहरुको नामावली प्रकाशन गरेको हो ।

सरकारले फागुन ३ गतेभित्र संघियताअनुरुप कर्मचारी समायोजनको सम्पुर्ण कामहरु सक्याइसक्ने लक्ष्य लिएको भएतापनि कर्मचारीको विवरणमा त्रूटी भएपछि समायोजनमा ढिलाइ भएको हो । कर्मचारी समायोजन अध्यादेश संसदमा दर्ता भएलगत्तै कर्मचारीहरु आन्दोलनमा उत्रिएको कारण पनि लक्ष्य लिएको समयमा कर्मचारी समायोजनको काम सम्पन्न हुन नसकेको हो ।

सरकारले यसअघि एक मुख्य सचिवसहित ५६ सचिव, ६ सय ६२ सहसचिव र ४८ उपसचिवको समायोजन गरिसकेको छ । समायोजन गरिएको कर्मचारीको सुचि यस्तो छ ।