सडक दुर्घटनामा घाइते भएका बाराका सिडिओको उपचारको क्रममा मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ६ । बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । सडक दुर्घटनामा परि गम्भिर घाइते भएका भट्टराईको उपचारको क्रममा मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार गराइरहेको क्रममा सोमबार दिउँसो उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

गत माघ ११ गते पिकनिकबाट फर्किने क्रममा प्रमुख जिल्ला अधिकारी भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी बाराको पथलैयामा ट्याक्टरसंग ठोकिएर दुर्घटना भएको थियो । दुर्घटनामा एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । सोही दिन उनलाई सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ ल्याईएको थियो ।

गत शनिबार प्रमुख जिल्ला अधिकारी भट्टराईको परिवारले पत्रकार सम्मेलन गर्दै दुर्घटना शंकास्पद भएको भन्दै छानविनको माग गरेका थिए । घटनामा ज्यान गुमाएका सशस्त्रका एसपी पोख्रेलको परिवारले जिल्ला प्रहरी कार्यालय, बारामा स्कोर्पियो चालक जगतनारायण राउत कुर्मीविरुद्ध जोहरी समेत दिएका छन् । हाल उनी प्रहरीकै हिरासतमा छन् ।

सम्बन्धित खबर

सिफारिस