
काठमाडौं, फागुन ७ । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत राष्ट्रपति विद्यादेवि भण्डारीलाई राजिनामा बुझाएका हुन् ।
यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो ।
ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका जोशीलाई कानुनमन्त्रीको मध्यस्थतामा इजलाश दिइएको थियो ।
तर प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी समेत खोसेका थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।