काठमाडौँ, फागुन ७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा ४२ जना सुरक्षाकर्मीको ज्यान लिने गरि भएको आक्रमणमा पाकिस्तानको हात नरहेको स्पष्ठ पारेका छन् ।
गत साता काश्मिरमा भएको आतंककारी हमलामा ४२ जना भारतीय सुरक्षाकर्मीहरु मारिएपछि भारतको माथिल्लो निकायहरुले हमलामा पाकिस्तानको हात रहेको र पाकिस्तानविरुद्ध आक्रमण गर्ने खालको अभिव्यक्ति दिएको थियो । लगातार रुपमा पाकिस्तान सरकारले भारतमा आक्रमण गराएको भन्ने समाचारहरु संचारमाध्यमहरुमा आएपछि पहिलो पटक मिडियामा बोल्दै प्रधानमन्त्री खानले आफ्नो देश स्थायित्वतिर अगाडी बढेको बताउँदै आक्रमणमा सरकारको हात नरहेको स्पष्ठ पारेका छन् ।
संचारमाध्यमहरुसंग कुरा गर्दै प्रधानमन्त्री खानले अहिलेको पाकिस्तान नयाँ पाकिस्तान रहेको र नयाँ पाकिस्तानले छिमेकी मुलुकहरुमा कुनै किसिमको आक्रमण नगर्ने बताए । उनले भारतलाई नै आएर अनुसन्धान गर्न आग्रह गर्दै प्रमाण भएको खण्डमा मात्र आरोप लगाउन मिल्ने बताए ।
भारतमाथि आक्रमण गरेर पाकिस्तानलाई के फाइदा हुन्छ ? प्रधानमन्त्री खानले प्रश्न गरे । ‘अहिले पाकिस्तान नै आतंकवादी शक्तिहरुको सामना गरिरहेको छ’ उनले भने ‘दिनदिनै मानिसहरु मरिरहेका छन उनले भने बरु आउनुस र खोज गर्नुस अुनसन्धान गर्नुस ।’
भारतीय संचारमाध्यमहरुमा भारतले पाकिस्तानसंग बदला लिने भन्ने अभिव्यक्तिसहितको समाचार आएको भन्दै प्रधानमन्त्री खानले विना प्रमाणको भरमा भारतले पाकिस्तानमाथि आक्रमण गर्छ भने आफु पनि हेरेर नबस्ने चुनौती दिएका छन् ।