
काठमाडौँ, फागुन ७ । धनुषाको कमला नगरपालिका आसपासमा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय धनुषाबाट खटिएको टोलीले साविकको ठाँडी–४ बाट २४ बर्षिय सोभन पासवान र ३१ बर्षिय रंजित भनिने अरुण कुमार पासवानलाई पक्राउ गरेको हो ।
उनिहरुले गत माघ २५ मा धनुषाको कमला नगरपालिका १ अन्तर्गत ब्रम्हदेव यादवको घरबाट ३ लाख १२ हजार, सोही नगरपालिकाको वडा ३ स्थित रामचन्द्र यादको घरबाट १ लाख ६७ हजार लुटपाट गरेका थिए । पिडितहरुको उजुरीपछि जिल्ला प्रहरी कार्यलय धनुषा र इलाका प्रहरी कार्यलय खजुरीको टोलीले खोजविन सुरु गरेका थिए ।

पं्रहरीले उनिहरुको साथबाट एक थान कटुवा पेस्तोल सहित त्यसमा फित हुने २ राउण्ड गोली, लागु औषध र नौ हजार नगद बरामद गरेको छ । थप अनुसन्धान पश्चात उनिहरुलाई हातहतियार तथा खरखजाना, लागु औषध तथा डाँका मुद्धामा कारवाही गरिने जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।