
अङ्कारा, फागुन ८ । टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएका संसद्को आधिकारीक वेबसाइटमा उल्लेख गरिएको छ ।
“मैले पछिल्लो सात महिना प्रशन्नतापूर्वक काम गरेँ, सांसदहरूसँग सहकार्य गर्ने मौका पाएँ,” सांसदहरूद्वारा आयोजित बिदाई कार्यक्रममा उनले भने ।
सभामुखबाट राजीनामा दिएका बिनालीले सत्तारुढ दल न्याय र विकास पार्टी एकेपीको तर्फबाट इस्तानबुल नगरको मेयरका लागि उम्मेदवारी दिने तयारी गरेका छन् ।
उनले राजीनामा दिएपछि सभामुखका लागि फेरी निर्वाचन गर्नुपर्ने भएको छ । सम्भवतः यही फेब्रुअरी २४ वा २५ तारिखका दिन सभामुखको निर्वाचन हुने अनुमान गरिएको छ ।