विवेकशील साझाले अख्तियारको गेटमा भन्यो, ‘ठूलो माछा कता छ ?, सिंहदरबार जता छ’

दियो पोस्ट  

काठमाडौं, फागुन ८ । विवेकशील साझा पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय काठामडौं अगाडी भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेको छ ।

भ्रष्टाचारमा अख्तियारकै आयुक्त समेत संलग्न रहेको खबर बाहिरिएपछि सर्वत्र आलोचना भइरहेका बेला विवेकशील साझाले अख्तियारकै कार्यालय अगाडि सांकेतिक रुपमा ‘ठूलो माछा’ देखाउँदै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीले ठूलो माछाको आकार दिएको ब्यानरमा भ्रष्टाचारका विभिन्न काण्डहरु उल्लेख गरेका छन् । यस्तै प्रदर्शनकारीले ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ लेखिएको पम्प्लेट लिएर प्रदर्शन गरेका थिए ।

सिफारिस