काठमाडौं, ९ फागुन । जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएका नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा भइरल भइरहेका छन् ।
कर्णाली क्षेत्रको खस आर्य समाजमा पुगेका उनले टोपी मिलाउन हम्मे हम्मे परेको भट्टराईकी श्रीमती हिसिला यमि भट्टराईले बताएकी छिन् । सामाजिक सञ्जालबाटै हिसिलाले लेखेकि छिन्,‘मेरो खस लोग्ने । पहिलो पटक दौरा सुरुवाल लगाएको । टोपी मिलाउँदा मिलाउँदै हैरान ।’