समाजकल्याण परिषदभित्र आर्थिक अनियमितता, उपाध्यक्षसहित पाँच पदाधिकारी पदमुक्त

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ९ । समाजकल्याण परिषदका उपाध्यक्षसहित सबै पदाधिकारी पदमुक्त भएका छन् । चरम आर्थिक अनियमितता र कानुन विपरितका कामहरु भएको भन्दै सरकारले परिषदका पदाधिकारीहरुलाई पदच्युत गरेको हो ।

मन्त्रीपरिषदको वैठकले परिषदका उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गरेको हो । उनिहरुलाई थप अनुसन्धानको दायरामा ल्याउनको लागि छानविन गर्नका लागि सरकारले अख्तियारलाई जिम्मेवारी सुम्पने तयारी समेत थालेको छ । अनियमितता र वदनियतपुर्ण गरिएका सबै कामहरुको फाइल सरकारले अख्तियारलाई बुझाउने तयारी गरेको हो ।

यसअघि अख्तियारले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र टेकबहादुर गुरुङ लगायत १४ जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । भृकुटीमण्डपको ६० रोपनी जग्गा फनपार्कलाई भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया उल्लंघन गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियारले मुद्दा दायर गरिसकेको छ ।

सम्बन्धित खबर

सिफारिस