चौकीदार सिफारिस प्रकरण : चौकिदार भन्छन्,‘मैले ३५ लाख दिएको कुरा कसरी थाहाभो’ (अडियोसहित)

दियो पोस्ट  

काठमाडौं, ९ फागुन । जिल्ला कारागार धादिङको नयाँ चौकिदारको रुपमा नियुक्ती सिफारिस प्रकरणमा नयाँ रहस्य फेला परेको छ ।

नयाँ चौकीदारको रुपमा नियुक्त भएका बलात्कार अभियोगमा सजाय काटि रहेका रुपक चापागाईंले आफूले ‘३५ लाख दिएको कुरा कसरी थाहा भयो भन्दै दियोपोस्टलाई प्रश्न गरेका छन् ।

यसअघि दियोपोस्टमा प्रकाशित समाचारको विषयमा चर्चा भएपछि प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले कार्यालयमै बोलाएर सोधपुछ गरेका थिए । सोही क्रममा जेलर मदन अधिकारीले सिडियोकै अगाडी दियोपोस्टलाई फोन लगाइदिएका छिए ।

सिफरिस भएका नयाँ चौकिदार रुपक चापागाईंले दियोपोस्टसँग प्रतिक्रियाका क्रममा अस्विकार गरे ।

‘म कारागारबाट रुपक चापागाईँ हुँ । तपाईंले न्युजमा मैले ३५ लाख दिन लागेको, दिएको भन्ने कुरा रहेछ । कसरी थाहा पाउनु भयो तपाईंले ?,’ उनले यसो भनेपछि जवाफमा दियोपोस्टले,‘हामीले थाहा पाएका हौँ । मलाई जानकारी आउँदैन र ?’ भन्ने प्रति प्रश्न गरेको थियो ।


यो प्रश्नमा चापागाईं मौन बसे । निकै बेरसम्म मौन बसेका उनले नजिकका कर्मचारीले सिकाएपछि उनले भने,‘चौकीदारको अवधि सिद्धिएर म चौकिदारको रुपमा बसेको हो । लेनदेनको विषयमा केही कुरा भएको छैन । त्यस्तो केही छैन ।’

अडियाे सुन्नुहाेस

https://soundcloud.com/user-279780303/call-13-58-13-in-9841546899

सिफारिस