काठमाडौँ, फागुन १० । वीर अस्पतालको निर्माणधीन भवनमा रहेको अस्थायी लिफ्ट चुँडिएर दुइ जना मजदुरको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएको र उनको अवस्था निकै गम्भिर भएको प्रहरीले जनाएको छ ।
गएराति सामान ओसारपसारका लागि बनाइएको अस्थायी लिफ्ट चार तला माथिबाट चुँडिएर तल झरेको थियो । चार तलामाथि बाट चुँडिएर तल आइपुग्दा एकजनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एकजनाको अस्पताल पुर्याइएको एक घण्टामै मृत्यु भएको प्रहरीले बताएको छ । अर्का घाईतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने आन्तरिक रक्तश्राव नरोकिएको कारण स्थिति गम्भिर भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेहरुमा सप्तरीका २५ बर्षिय नवीनकुमार चौधरी र २० बर्षिय भुमिकुमार चौधरी छन् । घाइते सचितानन्द चौधरीको उपचार भइरहेको छ । मृतक दुबैको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।