नेपाल वायुसेवा निगममा जागिर खुल्यो, १ सय ७४ कर्मचारी माग ( विज्ञापनसहित)

दियो पोस्ट  

काठमाडौँ, फागुन १० । नेपाल वायुसेवा निगमले विभिन्न क्षेत्रमा एक सय ७४ कर्मचारीको माग गरेको छ । निगममा रिक्त रहेको पदपुर्ती गर्नका लागि ५० जना पाइलट सहित वरिष्ठ अधिकृत, सिभिल इन्जिनियर, लेखा सहायक लगायत विभिन्न २३ पदका लागि दरखास्त आह्वान गरेको हो ।

शुक्रबार सार्वजनिक गरेको विज्ञापनमा सम्वन्धित पदका लागि आवश्यक शैक्षिक योग्यता तथा अनुभवको बारेमा जानकारी दिँदै २१ दरखास्तको म्याद २१ दिनको रहने जानकारि दिइएको छ ।

निगमले सबैभन्दा धेरै प्रशासन अन्तर्गत वरिष्ठ सहायक पदका लागि दरखास्त आह्वान गरेको छ । सो पदका लागि ३४ जना उम्मेदवारको माग गरिएको छ । उक्त पदका लागि सरकारको मान्यताप्राप्त शिक्षण संस्था बाट प्लस टु अथवा सो सरहको शैक्षिक योग्यता हुनुपर्ने बताइएको छ ।

निगमले विभिन्न तहको गरि कुल ५० जना पाइलटको समेत माग गरेको छ । यस्ताे छ विज्ञापन