विमानको इन्जिन मर्मतमै डेढ अर्ब भ्रष्टाचारको आशंका, तत्काल टेण्डर रोक्न लेखा समितिको निर्देशन

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन १० । संघीय संसदको सार्वजनिक लेखा समितिले विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले १ अरव ५३ करोड घोटाला भएको हुन सक्ने आशंका गर्दै विमान इन्जिन मर्मत तथा भाडासम्बन्धि टेन्डर आह्वान प्रक्रिया तत्काल रोक्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल वायु सेवा निमगलाई निर्देशन दिएको हो । नेपाल वायु सेवा निगमले विमान इन्जिन मर्मत तथा भाडा सम्बन्धि टेन्डर आह्वान प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको हुन सक्ने देखिएकाले तत्काल सो प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी बताए ।

निगमले लुब्रिहंश कम्पनीलाई परेको सो ठेक्का आह्वान रद्द गरी अर्कै कम्पनीसँग १ अरव ५३ करोड घुस लिएर नयाँ प्रक्रिया सुरु गरेको समितिको आशंका छ । बैठकमा नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कानुन सम्मत नभएकाले लुृब्रिहंस कम्पनीलाई दिइएको ठेक्का प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्नु परेको बताए।

बैठकमा समितिका सदस्यहरुले नेपाल वायु सेवा निगमले सो टेन्डर आह्वान प्रक्रिया अघि बढाए सैह्य नहुने चेतावनी दिएका थिए । सांसद प्रेमकुमार आलेले निगमले फेरी सो टेन्डर आह्वान प्रक्रिया अघि बढाएर भ्रष्टाचार गर्न खोजेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए ।

समितिका अर्का सदस्य लेखराज भट्टले सो टेन्डर आह्वान प्रक्रियाबारे विस्तृत अध्ययन गरेर मात्रै अघि बढनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

नेपाल वायु सेवा निगमले दुई वटा वाईडबडी विमान खरिदमा ४ अरव ३५ करोड भ्रष्टाचार गरेको निष्कर्ष सोही समितिले निकालेपछि अहिले छानवीन प्रक्रिया अघि बढाइएको छ ।

सम्बन्धित खबर

सिफारिस