एक सय ५ दिनपछि निर्मलाका बाबुआमाको अनसन स्थगित

दियो पोस्ट  

काठमाडौँ, फागुन १० । कञ्चनपुरकी १३ बर्षिया बालिकाको बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बाबुआमाले धर्ना स्थगित गरेका छन् । शुक्रबार एक सय पाँच दिनपछि निर्मलाका बाबु यज्ञराज र आमा लक्ष्मीले धर्ना स्थगित गरेका हुन् ।

कार्तिक २५ गते देखि जिल्ला प्रशासन कार्यलय अगाडी अनसन बस्दै आएका निर्मलाका बाबुआमालाई ७४ बर्षिया दिलमाया खरेल र ३ बर्षिया आरुशी चन्दको हातबाट जुश पिएर अनसन स्थगित गरेका हुन् । निर्मलाको न्यायका लागि लडिरहेकी समाजसेवी तथा अधिकारकर्मी शारदा चन्दले निर्मलाका बाबुआमाको स्वास्थ्य स्थिति निकै खराब हुँदै गएको कारणले अनसन तत्कालका लागि स्थगित गरिएको बताएकी छिन् । उनका अनुसार निर्मलाका बाबुआमा उपचारका लागि काठमाडौँ आउने र फर्केपछि पुनः धर्नामा बसि न्यायका लागि निरन्तर दबाव दिने कार्यक्रम रहेको छ ।

सरकारले कडा प्रयास गर्दासमेत अपराधीको सँुइको पाउन सकेको छैन । प्रहरी प्रधान कार्यलय र सिआइविले कैयौँ संख्यामा टोली बनाएर अनुसन्धान गर्दासमेत निर्मलाको हत्यारा पत्ता लागेको छैन । सरकारले निर्मलाको अपराधीलाई संरक्षण गरेको आरोप पिडितहरुको छ भने अपराधीलाई कानुनी दायरामा अवश्य ल्याउने तर समय लाग्ने प्रहरीको भनाइ रहेको छ ।

निर्मलाको भेजाइनल स्वावको डिएनएको वास्तविकता जाँच्नको लागि अनुसन्धान टोलीले निर्मलाकी आमाको डिएनए परिक्षण गरेको छ । डिएनएको रिपोर्ट भने आइसकेको छैन । पछिल्लो समय निर्मलाको बलात्कार र हत्यामा मुख्य हात भएको भन्दै अधिकारकर्मी र संचारमाध्यमहरुले बबिता बम र रोशनी बमलाई दोसी देखाएका थिए ।

बम दिदीबहिनी केही समयअगाडी काठमाडौँ आइ न्याय दिन आग्रह समेत गरेका थिए । उनिहरुले आफ्नो चरित्र हत्या गरिएको र समाजको अगाडी संचारमाध्यमहरुले एकतर्फी ढंगले समाचार लेख्दा बाँच्न समेत गाह्रो बनाएको बताएका थिए ।

सिफारिस