अष्ट्रेलियामा १२ सय विद्यार्थी विचल्ली प्रकरण : मिडियामा बोलेको भन्दै सदृषालाई यस्तो धम्की !

दियो पोस्ट  

काठमाडौं, ११ फागुन । नर्सिङ इन डिप्लोमा विषयको सम्बन्धन नै नलिई विद्यार्थी भर्ना गरेर पढाउन सुरु गरेको भन्दै अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी ९ एआइबिटी० कलेज खारेजी भएसँगै १२ सय विद्यार्थीको विचल्ली भएको छ । त्यतिमात्रै होइन यो समस्यालाई सञ्चार माध्यममा ल्याएको भन्दै केही विद्यार्थीको भिषा नै क्यान्सिल गरेको समेत पाइएको छ ।


सञ्चार माध्यममा भिडियो बयान दिएकी सदृषा खरेलको भिषा क्यान्सिलका लागि उक्त कलेजले उनको सिओइ खारेज गरेको छ ।


सनराईज एजुकेशन मार्फत अष्ट्रेलिया गएकी उनले सञ्चार माध्यममा विद्यार्थीले भोगेको समस्याबारे विस्तार गरेकी थिइन् । उनलको भिषा खारेजीको लागि इमिग्रेशनमा रिपोर्ट समेत गर्ने इमेलमो धम्की दिएको छ ।

उनले एआइबिटिलाई आरोप लगाएपछि विद्यार्थी र कलेजको रेपुटेशनमा खलल आएको भन्दै धम्कीपूर्ण सन्देश पठाएपछि सदृषालाई समस्या परेको छ ।


सदृषालाई अष्ट्रेलिया पठाउने सनराईज एजुकेशन कन्सल्टेन्सीका मालिक तथा नेपाली दलाल उपेन्द्र सेँडाईलाई यस विषयमा सोध्नका लागि सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

सिफारिस