उद्धब बिस्वकर्मा
दोलखा । छिमेकी मुलुक चीनमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण सयौँको ज्यान गइसकेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि चीनसंग नाका जोडिएका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी सतर्कता सर्तकता अपनाइएको थालिएको छ । दोलखा दोलखा जिल्लाको लप्चीमा सचेतना कार्यक्रम आयोजना गरि यसको भाइरसबाट बच्ने उपायका बारेमा जानकारी गराउने उदेश्यले कार्यक्रम संचालन गर्न लागिएको हो ।
चीनसँग सीमा जोडिएको विगु गाउँपालिका–१, लामाबगरको लप्ची गाउँमा कोरोना भाइरसबारे सचेतना कार्यक्रम आयोजना गर्न लागेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।
चीनको स्वशासित राज्य तिब्बतको टासीक्याङबाट लप्ची गाउँमा पैदल यात्राबाट करिब १२ घण्टामा आइपुगिन्छ । यस ठाउँमा दोहोरो बैबाहिक सम्बन्ध पनि छ । यसै कारण कोरोना भाइरस सर्न सक्ने सम्भावनाबाट सतर्कता अपनाउन लागिएको स्वास्थ्य कार्यालय दोलखाको प्रमुख विभुकुमार झाल बताए।
लप्चीको माथिल्लो भू–भागमा हिउँ जमेर तत्काल आवतजावत नभए पनि महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सतर्कता अपनाउनु अनिवार्य भएको सीमा प्रशासन कार्यालय लामाबगरका प्रमुख श्रीकृष्ण विडारीले जानकारी दिए। कोरोनाको महामारीले लामो समय रहन सक्ने र फागुनबाट तिब्बततर्फ आवतजावत हुने भएकोले अहिलेदेखि नै सर्तकता अपनाउन लागिएको उनले बताए ।
स्वास्थ्य प्रमुख झाका अनुसार हालसम्म सो क्षेत्रमा कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको जानकारी छैन । तत्काललाई कोरोना भाइरसबाट बच्ने उपाय, लक्षण र उपचारका विधिबारे जिल्लास्थित सञ्चार माध्यमबाट सूचनाहरु प्रशारणको काम भइरहेको झाले बताए । विगु गाउँपालिकाले सीमामा परिचालन गर्ने गरी प्रतिकार्य समिति समेत गठन गरेको प्रजिअ शर्माले जानकारी दिए । माथिल्लो भू–भागमा हिउँ जमेर तत्काल आवतजावत नभए पनि महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सतर्कता अपनाउनु अनिवार्य भएको सीमा प्रशासन कार्यालय लामाबगरका प्रमुख श्रीकृष्ण विडारीले जानकारी दिए। कोरोनाको महामारीले लामो समय रहन सक्ने र फागुनबाट तिब्बततर्फ आवतजावत हुने भएकोले अहिलेदेखि नै सर्तकता अपनाउन लागिएको उनले बताए ।
स्वास्थ्य प्रमुख झाका अनुसार हालसम्म सो क्षेत्रमा कसैलाई पनि कोरोना भाइरसको लक्षण देखिएको जानकारी छैन । तत्काललाई कोरोना भाइरसबाट बच्ने उपाय, लक्षण र उपचारका विधिबारे जिल्लास्थित सञ्चार माध्यमबाट सूचनाहरु प्रशारणको काम भइरहेको झाले बताए । विगु गाउँपालिकाले सीमामा परिचालन गर्ने गरी प्रतिकार्य समिति समेत गठन गरेको प्रजिअ शर्माले जानकारी दिए।